वैदेशिक रोजगारीको नाममा ठगी गर्ने व्यक्ति पक्राउ


काठमाडौं-  वैदेशिक रोजगारीको नाटक गर्दै हंगेरी पठाइदिने भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोखलाको कालिन्चोक गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं, गोकर्णेश्वर नगरपालिका–८ बस्ने महेश तामाङ रहेका छन्।

प्रहरीले उनलाई काठमाडौं–१२ बाट नियन्त्रणमा लिएर थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

तामाङसँग तीन लाख रुपैयाँ बिगो माग गरेको भन्ने उजुरी प्राप्त भएको छ।

प्रतिक्रिया