रामेछापमा मृतकका आफन्तद्वारा सडक अवरुद्ध


रामेछाप – सवारी दुर्घटनामा परी मंगलबार १२ जनाको ज्यान गएको घटनापछि मृतकका आफन्त आक्रोशित बनेका छन् । उनीहरूले खुर्कोट, मन्थली, हल्दे र खिम्ती क्षेत्रमा सडक अवरुद्ध गर्दै सवारी आवागमन पूर्ण रूपमा ठप्प पारेका छन् ।

उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र दुर्घटनामा संलग्न चालकलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै आफन्तहरूले सडकमा लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन नदिएका हुन् । सडक अवरोधका कारण यात्रुहरू अलपत्र परेका छन् भने यातायात सेवा ठप्प भएको छ ।

आक्रोशित आफन्तहरूले माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन् । स्थिति नियन्त्रणमा राख्न घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय रामेछापमा सर्वदलीय बैठक जारी रहेको छ । प्रशासनले वार्तामार्फत समस्या समाधानको प्रयास गरिरहेको जनाएको छ ।

तर मृतकका आफन्तले भने प्रशासनले घटनालाई गम्भीर रूपमा नलिएको र आफूहरूलाई बेवास्ता गरिएको आरोप लगाएका छन् । साथै दुर्घटनासँग सम्बन्धित यातायात सञ्चालन कम्पनीका अधिकारीहरूसमेत सम्पर्कमा नआएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् ।

प्रतिक्रिया