क्यानडाविरुद्ध नेपालले टस हारेर पहिला बलिङ गर्दै


काठमाडौं- आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप भइरहेको दोस्रो वार्मअप खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेर पहिला बलिङ गर्ने भएको छ।

बिहीबार भारतको चेन्नईस्थित एमए चिदाबरम स्टेडियममा भइरहेको खेलमा नेपालले टस हारेर बलिङ रोजेको हो। नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गरिरहेका छन्। यता क्यानडाका कप्तान रोहित शर्मा विश्वकप तयारीबारे धारणा राख्न आईसीसीको आधिकारिक प्रेस कन्फरेन्समा सहभागी हुनेछन्।

नेपालले यसअघि पहिलो वार्मअप खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै आत्मविश्वासका साथ दोस्रो खेलमा प्रवेश गरेको हो।

नेपालले आउँदो आइतबार इंग्ल्यान्डविरुद्ध खेल्दै आईसीसी टी–२० विश्वकप अभियानको सुरुआत गर्नेछ।

प्रतिक्रिया