पूर्वप्रधानमन्त्री भट्टराईलाई पितृशोक


काठमाडाैं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक परेको छ।

उनका ९७ वर्षीय बुवा भोजप्रसाद भट्टराईको आज बिहान ८:१५ बजे निधन भएको हो।

भोजप्रसादलाई उपचारका लागि बुधबार न्युरो अस्पताल भर्ना गरिएको थियो।

भोजप्रसादको आज बिहान निधन भएको र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भट्टराईको सचिवालयले जनाएको छ।

प्रतिक्रिया