भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु


बैतडी – बैतडीमा भिरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका–५ को चमखाली खेल मैदानमा सञ्चालन भइरहेको तालिम सकेर फर्किने क्रममा मंगलबार राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको लडेर मृत्यु भएको हो ।

तालिम सकेर फर्किने क्रममा दशरथचन्द नगरपालिका–४ को खरकटे सल्लेरी भिरमा लडेर मृत्यु भएको हो ।

भिरबाट लडेका चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए ।

भिरबाट लडेका प्रकाश करिब अढाई सय मिटर तल खसेका थिए ।

प्रतिक्रिया