निर्वाचनका लागि समानुपातिकतर्फकाे मतपत्र छपाइ सकियो


काठमाडौं-  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले  समानुपातिक मतपत्र छपाइ पूरा गरिसकेको छ।

निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारहरूको ३० लाख मतपत्र शनिबार रातिसम्म छापिएको छ। प्रत्यक्षतर्फको मतपत्र छपाइ हाल २५ जिल्लामा सम्पन्न भइसकेको छ। भट्टराईले भने, “दैनिक १२–१५ लाख मतपत्र छाप्ने दरमा काम भइरहेको छ र निर्वाचन तालिका अनुसार नै सबै प्रक्रिया अघि बढिरहेको छ।”

त्यसैगरी समानुपातिक तर्फको मतपत्र छाप्ने काम पनि सकिएको छ। यस तर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छापिएको जानकारी आयोगले दिएको छ। उनले थपे, “मतपत्र छपाइको काम शीघ्रै पूरा गर्न सकिन्छ र हामी पूर्ण रूपमा निर्वाचन कार्यतालिकाभित्रै छौं।”

 

प्रतिक्रिया