इरानमा रहेका नेपालीलाई छिटो देश छोड्न सल्लाह


काठमाडौं-  इरान र अमेरिकाबीच तनाव बढेपछि नेपाल सरकारले इरान जाने नेपाली नागरिकलाई तत्काल भ्रमण स्थगन गर्न आग्रह गरेको छ।

आइतबार परराष्ट्र मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इरान भ्रमण गर्ने योजना भएका नागरिकलाई सुरक्षा कारण देखाउँदै रोक लगाउने सल्लाह दिएको हो। मन्त्रालयले भनेको छ, “इरानमा भइरहेको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभएसम्म इरान भ्रमण स्थगित गर्नु उपयुक्त हुन्छ।”

त्यस्तै, हाल इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकलाई सकेसम्म छिटो देश छोड्न सल्लाह दिइएको छ। इरानस्थित राष्ट्रसंघीय कार्यालयमा सानो संख्यामा नेपाली कार्यरत रहेको अनुमान गरिएको छ।

परराष्ट्र मन्त्रालयले इरानमा रहेका नागरिकलाई आफ्ना पासपोर्ट, ट्राभल डकुमेन्ट र परिचयपत्रजस्ता महत्त्वपूर्ण कागजात सहजै भेटिने स्थानमा राख्न पनि आग्रह गरेको छ। आपतकालीन अवस्थामा उद्धार गर्नुपर्ने सम्भावना हुँदा यस्ता कागजातहरू सहज पहुँचमा राख्न जरुरी रहेको मन्त्रालयले उल्लेख गरेको छ।

प्रतिक्रिया