
नेपाली कांग्रेसको पत्रकार सम्मेलन आज, के छ विशेष ?
काठमाडौं – नेपाली कांग्रेसले निर्वाचन तयारीको विषयमा पत्रकार सम्मेलन गर्दैछ ।
नेपाली कांग्रेस प्रचार समितिका अनुसार मंगलबार दिउँसो ४ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन गर्न लागेको हो ।
प्रचारप्रसार समितिले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘प्रतिनिधि सभा निर्वाचनको तयारीका विविध पक्षबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएकाले उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।’



कागजपत्र |
