
प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन्।
पौडेलले आज अपराह्न ३ बजे बसुन्धरास्थित त्रियोग स्कुलबाट र्यालीसहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय जाने कार्यक्रम तय भएको छ।
काठमाडौं ५ मा काङ्ग्रेसका प्रभावशाली नेताका रूपमा परिचित पौडेलको उम्मेदवारीलाई पार्टीले विशेष महत्त्वका साथ लिएको छ। यसअगाडि पनि पौडेलले काठमाडौं ५ बाट जितेका थिए ।



कागजपत्र |
