देउवाको क्षेत्रमा नैनसिंह महरले पाए टिकट


काठमाडौं – नेपाली कांग्रेसबाट डडेलधुरामा नैनसिंह महर उम्मेदवार बन्ने भएका छन् ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनाव नलड्ने भएपछि महरले टिकट पाएका हुन् । कांग्रेस संसदीय बोर्डको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

महर कांग्रेसमा देउवा पक्षकै नेता हुन् । महर नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी निवर्तमान केन्द्रीय सदस्य पनि हुन् ।

२०४८ साल देखि डडेलधुरामा कांग्रेसको एउटै उम्मेदवार शेरबहादुर देउवा रहँदै आएका थिए ।

यस क्षेत्रमा रास्वपाले डा. तारा जोशीलाई उम्मेदवार बनाउने टुंगो लगाइसकेको छ ।

प्रतिक्रिया