झापा–२ मा सभामुख र उपसभामुखको भिडन्त


काठमाडौं — फागुन २१ को निर्वाचनमा विघटित प्रतिनिधि सभाका सभामुख र उपसभामुख एकापसमा भिड्ने भएका छन् ।

उनीहरु दुवै जना झापा क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने भएका छन् । नेकपा एमालेको सचिवालय बैठकले सभामुख देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यस्तै आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले उपसभामुख इन्दिरा रानालाई पनि सोही क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेसँगै आगामी निर्वाचनमा सभामुख र उपसभामुख भिड्ने भएका हुन् ।

उनले २०७९ को निर्वाचन पनि सोही क्षेत्रबाट जितेका थिए । राना भने रास्वपाबाट समानुपातिक सांसद भएकी थिइन् ।

सो क्षेत्रमा राप्रपाले स्वागत नेपाललाई उठाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया