
उम्मेदवारी दिन आज झापा जाँदै एमाले अध्यक्ष ओली
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी फागुन २१ गते हुने आम निर्वाचनका लागि आज झापा जाँदैछन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी बिहान १०:२५ को जहाजबाट भद्रपुर ओर्लने कार्यक्रम छ।
यसपटकको निर्वाचनमा झापा-५ राष्ट्रिय राजनीतिमै सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको छ, जहाँ अध्यक्ष ओलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाडौँका मेयर बालेन शाहले पनि उम्मेदवारी दिने तयारी गरेका छन्।
झापा पुगेलगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने कार्यक्रम छ। उनले भद्रपुरमै क्षेत्र नम्बर १ र ३ का नेता-कार्यकर्तासँग भेटघाट गरी पछिल्लो अवस्थाबारे बुझ्नेछन्। त्यसपछि बिर्तामोडमा क्षेत्र नम्बर २ र सुरुङ्गामा क्षेत्र नम्बर ४ को तयारीबारे जानकारी लिने तालिका रहेको छ। आफ्नै निर्वाचन क्षेत्र झापा-५ को तयारीबारे भने उनले दमकमा स्थानीय नेताहरूसँग विस्तृत छलफल गर्नेछन्।



कागजपत्र |
