सत्तारुढ नेकपा नेतृत्वमा गम्भिर अन्तरविरोधको आधिकारीक खुलासा


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकतामा गम्भिर संकट आएको खुलासा गरेका छन् ।

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादहिनता कायम रहेकै बेला पौडेलले एक धारणा सार्वजनिक गर्दै भनेका छन्,‘आजसम्म आईपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको छ ।’

उनले त्यसअघि ‘राजनीतिक स्थायीत्व सुनिश्चित गर्ने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा पूरा गर्दै समाजवादतर्फ अघि बढ्ने उद्देश्यका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता सम्पन्न’ भएको पृष्ठभूमी उल्लेख गरेका छन् ।

नेतृत्वमा नै अन्तरविरोध रहेको उल्लेख गरेका पौडेलले भनेका छन्,‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।’

प्रतिक्रिया