स्कुल सञ्चालनको निर्णय लिन शिक्षा मन्त्रालयले बोलायो बैठक
काठमाडाैं – पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि स्कुल सञ्चालन गर्ने किन बन्द गर्ने भन्ने बहस चलेको छ ।
बालबालिकामा पनि संक्रमणको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गर्दै विद्यालय बन्दका लागि सिफारिस नै गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले पनि संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्न प्रस्ताव गरेको छ ।
यही विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाको बैठक बोलाएको छ । भोलि बिहान (सोमबार ८ बजे) मन्त्रालयमै बस्ने गरी सरोकारवालालाई बोलाइएको मन्त्रालयलाई जनाएको छ ।
मन्त्रालयका एक कर्मचारीका अनुसार भोलि विद्यालयका सरोकारवालालाई बैठकमा बोलाइएको छ । उनीहरुसँगको छलफल पछि कोरोना संक्रमण दर बढ्दा विद्यालय सञ्चालन गर्ने कि बन्द गरेर अनलाइन माध्यमबाट पढाउन थाल्ने भन्ने निर्णय हुन सक्ने उनले बताए ।