
राष्ट्रपतिकी छोरीले लिइन् समानुपातिक सूचीबाट नाम फिर्ता
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेलले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् ।
पौडेलले आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै सोमबार निर्वाचन आयोग पुगेर औपचारिक रूपमा निवेदन दर्ता गराएकी हुन् । उनको नाम नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवार सूचीमा समावेश गरेको थियो ।
उम्मेदवारी फिर्ता भएसँगै अब संज्ञा पौडेलको स्थानमा नेपाली कांग्रेसले अर्को व्यक्तिको नाम निर्वाचन आयोगमा पठाउनेछ । आयोगले तोकेको समयसीमाभित्र दलहरूले बन्दसूची संशोधन गरी नयाँ नाम पेस गर्न पाउने व्यवस्था छ ।



कागजपत्र |
