पाल्पाको रामपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौं – पाल्पाको रामपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

रामपुरको कालीआँपमा रामपुर नगरपालिका–७, मझुवाका ६४ वर्षीय श्याम बहादुर सेन ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गेझा बर्दलेबाट रामपुरको बेझाड जाने क्रममा लु७८प २८०७ नम्बरको मोटरसाइकलले पैदलयात्री ठकुरीलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते ठकुरीलाई उपचारका लागि तत्काल रामपुर अस्पताल पुर्‍याएकामा उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लाल बहादुर सुनारले बताए ।

ठक्कर दिएर दुर्घटनामा परेको मोटरसाइकल चालक रामपुर–६, तिलकपुरका २३ वर्षीय हिमाल राना र पछाडि बसेका २१ वर्षीय मेगबहादुर खन्गाहा घाइते भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

मोटरसाइकल चालकलाई रामपुर अस्पतालमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पठाइएको छ ।

 

प्रतिक्रिया