ओलीलाई बयानका लागि पत्र काट्ने आयोगकाे तयारी


काठमाडौं – जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्ने आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी थालेको छ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा जानकारी दिँदै भने, “ओलीलाई बोलाउने क्रममा छौं। अब हामी उहाँलाई लिखित पत्रमार्फत बयानका लागि बोलाउने तयारी गर्दैछौं।”

पत्र आए पनि ओली उपस्थित नभए के गर्ने भन्ने प्रश्नको जवाफमा कार्कीले भने, “आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ। पत्र पठाइसक्ने तयारी भइरहेको छ।”

उनका अनुसार, निवर्तमान गृहमन्त्री रमेश लेखकको बयान सकिसकेको छ र बयान सकिएसँगै आयोगले उनलाई लगाइएको स्थान हद फुकुवा गर्ने प्रक्रिया अघि बढाउनेछ।

 

प्रतिक्रिया