
हृदयाघाटबाट गुमाए सशस्त्रका डिएसपी कोइरालाले ज्यान
काठमाडौं – सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको निधन भएको छ ।
इलामको पशुपतिनगर गुल्ममा कार्यरत डिएसपी कोइरालाको बुधबार साँझ ६ बजे एपीएफ अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
बुधबार उनी नेपाल–भारत सीमा क्षेत्रको माने भञ्ज्याङमा पट्रोलिङ गरेर फर्किएका थिए । पट्रोलिङबाट फर्किएपछि उनी कार्यालयमै ढलेका थिए । लगत्तै उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
एक महिनाअघि मात्रै पशुपतिनगरमा सरुवा भएका गएका उनको हृदयाघातको कारण निधन भएको जनाइएको छ ।



कागजपत्र |
