हिजो ८ हजारले घटेको सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार?


काठमाडौं – नेपाली बजारमा बुधबार (पुस १६) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन ११ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुन प्रतितोला दुई लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार दुई लाख ६२ हजार १०० रुपैयाँ थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन चार हजार ५९० रहेको चाँदी यस दिन १२० रुपैयाँले घटेर चार हजार ४७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया