
ओखलढुंगाको चिशंखुगढीमा एक दम्पती मृत फेला
काठमाडौं – ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ६ भदौरेमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
दुवै जनाको हत्या गरिएको अवस्थामा स्थानीयले शव फेला पारेका हुन् । भदौरे निवासी शोभित थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरलाई हत्या गरिएको अवस्थामा फेला पारिएको वडा अध्यक्ष बलराम कटवालले जानकारी दिए।
घर बाहिर रगत लतपतिएको र बिहान अबेरसम्म पसल नखोलेपछि स्थानीयले खोजी गरेका थिए । हत्या पश्चात उनीहरुको शव घर नजिकैको मतानको घाँस थुपारेको ठाउँमा लुकाइएको अवस्थामा भेटिएको थियो ।
घटनाको जानकारी पाउनासाथ निशंखे प्रहरी चौकी र जिल्लाबाट सुरक्षाकर्मी र अनुसन्धान टोली घटनास्थल तर्फ जाँदैछन् ।
घटनाको थप विवरण आउन बाँकी छ ।



कागजपत्र |
