जहाँबाट उम्मेदवारी दिए पनि बालेनलाई हराउनेछौँ: हर्क साम्पाङ


काठमाडौं-  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई आगामी निर्वाचनमा पराजित गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष साम्पाङले बालेन शाह जहाँबाट उम्मेदवारी दिए पनि त्यहीँ आफूहरूले हराउने दाबी गरेका हुन् ।

धरान उपमहानगरपालिकाका मेयरसमेत रहेका साम्पाङले फेसबुकमा लेखेका छन्, “बालेनलाई चुनावमा हराउनेछौँ । जहाँबाट उम्मेदवारी दिन्छ, त्यहीँ हामी हराउनेछौँ ।”

प्रतिक्रिया