चुनावपछि बालेन प्रधानमन्त्री, रवि पार्टी नेता !


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच विभिन्न विषयमा सात बुँदे सहमति भएको छ ।

सहमतिअनुसार रास्वपाको नेतृत्वमा रवि लामिछानेले गर्नेछन् । रास्वपा सभापति रविले आगामी फागुन २१ मा हुने निर्वाचनपछिको प्रधानमन्त्रीमा बालेनलाई स्वीकार गरेका छन् ।

सहमतिपत्रको ४ नम्बर बुँदामा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’

रातभरको छलफलपछि उनीहरुबीच आज बिहान सहमति भएको हो । सहमतिमा सभापति लामिछाने र प्रमुख शाहले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया