प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा


काठमाडौं– प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन रिहा भएका छन्। विशेष सरकारी वकिलको कार्यालयले उनलाई छाड्ने आदेश जारी गरेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार, शुक्रबार शेरचनलाई तीन वटा केसमा म्याद थपका लागि बोलाइएको थियो। तर, विशेष सरकारी वकिलको कार्यालयले रिहा गर्ने आदेश दिएको जानकारी प्रवक्ता श्रेष्ठले दिए।

शेरचनमाथि आर्थिक अपचलनको आरोपमा मंसिर १४ गते बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयबाट सिआइबीले नियन्त्रणमा लिएको थियो। रिहा भएपछि शेरचनमाथि बाहिरबाटै थप अनुसन्धान जारी रहने पनि सिआइबीले जनाएको छ।

प्रतिक्रिया