
रमेश लेखकलाई आयोगमा गएर बयान दिन कांग्रेस नेताहरूको सुझाव
काठमाडौं- नेपाली कांग्रेसका नेताहरूले जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका पार्टी नेता रमेश लेखकलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा उपस्थित भई बयान दिन सुझाव दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकमा उक्त विषयमा छलफल भएको थियो। बैठकमा सहभागी नेताहरूले आयोगले पत्राचार गरेकाले लेखक स्वयं उपस्थित भएर आफ्ना कुरा स्पष्ट राख्नुपर्ने सुझाव दिएका हुन्।
बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भने, “आजको बैठकमा उहाँलाई छानबिन आयोगले पत्र काटेको विषयमा कुरा उठेको थियो। नेताहरूले उहाँलाई आयोगमा गएर आफ्ना कुरा राख्न सुझाव दिनुभएको छ।”
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले मंगलबार रमेश लेखकलाई पत्र पठाउँदै शुक्रबार बयानका लागि उपस्थित हुन आग्रह गरेको छ।



कागजपत्र |
