कांग्रेस कार्यसम्पादन समिति बैठकमा के–के भयो छलफल ?


काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले निर्वाचनको तयारी थालेको तर समयमै चुनाव नभए संसद् पुनःस्थापनामा जाने तयारी रहेको बताएका छन्।

बुधबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकपछि प्रवक्ता महतले भने, “हामी निर्वाचनको तयारीमा छौं र तयारीमा लाग्छौं। निर्वाचन छाडेर पुनःस्थापना तिर लाग्दैनौं। तर निर्वाचन हुने वातावरण नभए पुनःस्थापनामा जानुपर्छ भन्ने हाम्रो कुरा हो।”

पछिल्लो समय कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको माग उठिरहेको छ। पार्टीका सांसदहरूले यस सम्बन्धमा सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन्। कांग्रेसले प्रदेशसभा अन्तर्गतको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय पनि गरेको छ ।

बैठकमा महामन्त्री गगन थापाले महाधिवेशन कार्यतालिका र क्रियाशील सदस्यता वितरणमा भएको प्रगतिबारे जानकारी दिएका थिए। बैठक बिहीबार पुन: बस्ने महतले जानकारी दिएका छन्।

प्रतिक्रिया