
एमाले नेता महर एक लाख धरौटीमा रिहा, श्रीमती पक्राउ
काठमाडौं — विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा मुछिएका एमाले नेता ऐन महर एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले महरविरुद्ध एक लाख रुपैयाँ धरौटी माग गरेको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार महरले अदालतमा बयान दिने क्रममा धरौटी रकम बुझाएपछि आजै रिहा भएका हुन् ।
यही मुद्दामा महरकी श्रीमती अनुजा श्रेष्ठ भने पक्राउ परेकी छन् । साइबर ब्युरोबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । महर दम्पतीविरुद्ध रश्मिला बमले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत कसूर गरेको आरोपमा साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् ।



कागजपत्र |
