काठमाडौं-६ मा राप्रपाको उम्मेदवार सिफारिस, विवेकशीलबाट आएका भेटुवाल पनि मैदानमा


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर ६ ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्दै ६ जनाको नाम केन्द्रमा पठाएको छ।

पार्टी केन्द्रले शनिबारभित्र प्रत्यक्षतर्फ ३ जना र समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गर्न परिपत्र गरे पनि क्षेत्रीय समितिले प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको हो।

शनिबार बसेको क्षेत्रीय समितिको बैठकले राप्रपाको निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य राजाराम श्रेष्ठ र विवेकशील साझाबाट राप्रपामा प्रवेश गरेका केन्द्रीय सदस्य उद्धवराज भेटुवालको नाम प्रत्यक्षतर्फ सिफारिस गर्ने निर्णय गरेको छ।

त्यसैगरी पूर्व केन्द्रीय सदस्य प्रेमनाथ दुलाल, महिला संगठनकी उपाध्यक्ष दुर्गा खड्गी र कान्छा महर्जनलाई पनि प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

यस्तै, समानुपातिकतर्फ टंकप्रसाद अधिकारी, रामकुमार बस्नेत, गंगा विक र राम महर्जनको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ।

प्रतिक्रिया