मकवानपुरको बकैयामा ट्याक्टर दुर्घटना हुँदा दुई मजदुरको मृत्यु, १९ जना घाइते


हेटौंडा- मकवानपुरको बकैया गाउँपालिका–७ अन्तर्गत फास्टट्र्याकमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई मजदुरको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्।

अनियन्त्रित ट्याक्टर (नम्बर लु ५ त १७४) दुर्घटनामा परेको हो। दुर्घटनामा परेकामध्ये केशवलाल माझी र सन्तलाल माझीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

ट्याक्टरमा २१ जना सवार थिए। घटना त्यतिबेला भएको हो जब मजदुरहरू खाना खाएर अधेरीस्थित फास्टट्र्याकतर्फ गइरहेका थिए।

घाइतेमध्ये ६ जनालाई हेटौंडा अस्पताल र १३ जनालाई चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया