भिजिट भिसा प्रकरणमा म्याग्दीका सीडीओ तिवारी गृह तानिए


काठमाडौं-  म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बद्रीप्रसाद तिवारी गृह मन्त्रालय तानिएका छन्। गृह मन्त्रालयले सोमबार उनलाई तत्काल फिर्ता बोलाएको जानकारी दिएको छ।

जानकारी अनुसार, तिवारी भिजिट भिसा प्रकरणमा अनुसन्धानको घेरामा परेपछि याे कदम चालिएको हो। उनलाई सीडीओको जिम्मेवारीबाट हटाएर रवीन्द्र आचार्यलाई नयाँ सीडीओको रूपमा पठाइएको छ।

केही दिनअघिमात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको सचिवालयमाथि अनुसन्धान भइरहेको अभियोजन पत्रमा उल्लेख गरेपछि पनि तिवारीमाथि थप ध्यान गएको बताइएको छ।

प्रतिक्रिया