
ओलीले पनि दर्ता गरे उम्मेदवारी
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सोमबार अपराह्न भृकुटीमण्डपस्थित मनोनयन दर्ता स्थलमा पुगेर ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि ओली नवौँ र दशौँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भइसकेका छन् । यसपटकको उम्मेदवारीसँगै उनले लगातार तेस्रो कार्यकालका लागि औपचारिक दाबी प्रस्तुत गरेका छन् ।
ओलीभन्दा अघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् । यससँगै एमालेको नेतृत्व चयन प्रक्रिया दुई बलिया धारबीचको प्रतिस्पर्धामा प्रवेश गरेको छ ।



कागजपत्र |
