
सीमा तनावका बीच थाइल्यान्डका प्रधानमन्त्री चर्नविराकुलद्वारा संसद विघटन
काठमाडौं- कम्बोडियासँगको सीमा क्षेत्रमा एक सातादेखि जारी झडपका बीच थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद विघटन गरेका छन्। संसद विघटनसँगै अब ४५ देखि ६० दिनभित्र देशमा आम निर्वाचन हुने भएको छ।
शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेयता लगातार गम्भीर चुनौतीको सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक झडपले सरकारलाई कठिन परिस्थितिमा धकेलेको उनको भनाइ छ।
उनले भनेका छन्, “यस समस्याको उचित समाधान संसद विघटन गर्नु हो, जसले राजनीतिक शक्ति जनतामै फर्कनेछ।”
व्यवसायीबाट राजनीतिमा आएका अनुतिन चर्नविराकुल सन् २०२३ को अगस्टमा थाइल्यान्डका तेस्रो प्रधानमन्त्री बनेका थिए। उनले सेप्टेम्बरमा सरकार गठन गर्दा नै जनवरीको अन्त्यसम्म संसद विघटन गर्ने प्रतिबद्धता जनाएका थिए।



कागजपत्र |
