
जेनजी आन्दोलनको बेला विदेशमा थिए हिजो सम्झौता च्यात्ने सोडारी
काठमाडौं- जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले हिजो सरकार र जेनजी समूहबीच भएको सम्झौता वार्तामा ‘घुसपैठ’ भएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै यसबारे दाबी गरेका हुन्।
गुरुङका अनुसार हिजोको कार्यक्रममै सम्झौता पत्र च्यात्ने अजय सोडारी आन्दोलन चलिरहेको मुख्य समयमा नेपालमै थिएनन्। उनले बताएका अनुसार गत भदौ २३ मा जेनजी आन्दोलन जारी हुँदा सोडारी कोरियामा थिए र आन्दोलन सुरु भएको करिब ४० दिनपछि, अर्थात् अक्टोबर १८ मा मात्र नेपाल फर्किएका थिए।
सामाजिक सञ्जालमा लेख्दै गुरुङले भनेका छन्, “जेनजी आन्दोलनमाथि घुसपैठ यसैलाई भनिन्छ। हिजो जेनजीको पक्षमा सम्झौता नभएको भन्दै सम्झौता पत्र च्यात्ने अजय सोडारी आन्दोलनका बेला कोरियामा थिए।”
हिजोको वार्ताका क्रममा सोडारीले सरकारसँग भएको सम्झौता जेनजी समूहको हितमा नभएको भन्दै सम्झौता पत्र च्यातिदिएपछि कार्यक्रमस्थलमा केहीबेर तनाव उत्पन्न भएको थियो। अ



कागजपत्र |
