कस्तो रहला आजको मौसम ?


काठमाडौं- कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको कारण आज देशभर मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहनेछ। राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया