भन्सार एजेन्टहरूको ‘पेन डाउन’ फिर्ता


काठमाडाैं- भन्सार ऐन २०८२ का केही प्रावधानहरूले भन्सार एजेन्टहरूको पेशागत हक–हित, कार्यसहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा नकारात्मक प्रभाव पारेको भन्दै सुरु गरिएको भन्सार एजेन्टहरूको ‘पेन डाउन’ विरोध कार्यक्रम फिर्ता लिइएको छ।

भन्सार एजेन्ट महासंघ नेपालले मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरूमा पेन डाउनसहितका विरोध कार्यक्रम घोषणा गरेको थियो। विरोधका क्रममा महासंघ र भन्सार विभागबीच छलफल भएको र ती छलफल सकारात्मक रूपमा अगाडि बढेका कारण महासंघका मुख्य मागहरू सम्बोधन हुने आश्वासन पाएपछि कार्यक्रम फिर्ता लिइएको महासंघले जनाएको छ।

 

 

प्रतिक्रिया