सुर्खेत-१ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको एकल नाम सिफारिस


काठमाडौं-  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत क्षेत्र नं.–१ बाट एकल रूपमा सिफारिस गरिएको छ।

क्षेत्री कार्यसमितिको बैठकले खड्काको उम्मेदवारी सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। खड्का अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए।

समानुपातिक तर्फ भने दुई जनाको नाम सिफारिस गरिएको छ। समानुपातिक सूचिका लागि नरबहादुर सोनी र भिमा मल्लको नाम सिफारिस भएको क्षेत्रीय समितिले जनाएको छ।

प्रतिक्रिया