
प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट शेखरको एकल सिफारिस
काठमाडौं- प्रतिनिधिसभा चुनावका लागि मोरङ-६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको एकल उम्मेदवारी सिफारिस भएको छ ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा एकल नाम सिफारिस गरेको हो ।
नेता कोइरालाको नाम सर्वसम्मत एकल सिफारिस भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
यसअघि मोरङ–३ बाट डा. सुनिल शर्माको नाम एकल सिफारिस भएको थियो ।



कागजपत्र |
