सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य


काठमाडौं- जारी नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा १६९ रन बनाएको हो।

सुदूरपश्चिमका लागि रिटायर्ड हर्ट हुन पुगेका क्रिश लिनले उत्कृष्ट अर्धशतक पारी खेले। उनले ५६ बलमा ५ चौका र ३ छक्कासहित ७५ रन जोडे।

ओपनर विनोद भण्डारीले २१ रन बनाउँदा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका इशान पाण्डेले १ रनमै आउट भए।

पुनित मेहराले १३ रन बनाउँदा हर्मित सिंह भने एक रनमै पेभेलियन फर्किए । आरिफ शेखको नाममा २४ रन रह्यो। कप्तान दीपेन्द्रसिंह ऐरीले २४ रन जोडे।

चितवनका लागि सेफ जैबले दुई विकेट लिँदा रञ्जित कुमार र जर्ज स्क्रिमशाले एक-एक विकेट लिए।

प्रतिक्रिया