सुनाैलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना, ट्रकसँग ठोक्किएपछि आगो लाग्दा ३ जनाको मृत्यु

अधिकांश यात्रु नेपाली, यी हुन् यात्रुहरू (नामावलीसहित)


काठमाडौं — भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ ।

ट्रकले बसलाई ठक्कर दिँदा आगलागी भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । बस घिस्रिँदै १०० मिटर पर पुगेर हाइटेन्सन लाइनको खम्बामा ठोक्किएपछि खम्बा बसमाथि खसेको थियो ।

यूपी२२एटी ०२४५ नम्बरको बस भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो । कुल ४५ यात्रु सवार बसमा धेरैजसो नेपाली थिए ।

घटनापछि बसचालक र सहचालकबारे कुनै जानकारी प्राप्त नभएको बताइएको छ ।

घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत बहराइच मेडिकल कलेज रेफर गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार अधिकांश यात्रु बसबाहिर थिए ।

यात्रुहरूः

प्रतिक्रिया