
सुनको मूल्य ३ सयले घट्यो, चाँदी बढ्दा दैनिक रेकर्ड
काठमाडौं – तीन दिनयता चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ ।
अघिल्लो दिनको तुलनामा आज मंगलबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदी प्रतितोला ३,५४५ रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३,५३५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार ३,४९० रुपैयाँमा कारोबार भएको थियो । यसअघि असोज ३१ गते कायम भएको उच्च मूल्य रेकर्ड आइतबार तोडिएको थियो ।
सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ३०० रुपैयाँ मूल्य घटेको हो । यस दिन सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन २ लाख ५३ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।



कागजपत्र |
