
एनपिएलः सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी
काठमाडौं — नेपाल प्रिमियर लिग (एनपिएल) सिजन—२ को आज बिहीबारको पहिलो खेलमा लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ । अपराजित सुदूरपश्चिमविरुद्ध खेल्न लागेको लुम्बिनीलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर ब्याटिङको निम्तो दिएका हुन् ।
प्रतियोगितामा सुदूरपश्चिमले हालसम्म तीनवटै खेलमा जित हात पारेको छ भने लुम्बिनीले ३ खेलमा २ मा हार र एक खेलमा जित हात पारेको छ ।
आजै दिउँसो ४ः०० बजे पोखरा एभेञ्जर्स र जनकपुर बोल्ट्सबीच अर्को खेल हुनेछ ।



कागजपत्र |
