
रवि र छविको मुद्दा न्यायाधीशद्वय राई र डंगोलको इजलासमा
रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुर बुटवलमा ३ नम्बर इजलासमा परेको छ । उच्च अदालतमा यो चौथो पेशी हो ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सूचना अधिकारी रामबहादुर कुँवरले न्यायधीश मिलन राई र सानुमैया डंगोलको बेन्चमा परेको बताए ।
‘तीन नम्बर इजलासमा परेको छ, सुनुवाइ सुरु भएको छैन’ उनले भने ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनीहरुको मुद्दामा गतशप्ता पेशी तोकिएपनि लामिछानेका कानुन व्यवसायीले स्थगत माग गरेपछि रोकिएको थियो ।



कागजपत्र |
