
निर्वाचनका लागि कांग्रेस आयोगमा दर्ता
काठमाडौं- नेपाली कांग्रेसले आगामी माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएका हुन्।
पार्टीको केन्द्रीय कार्यसमितिको शनिबारको बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो। भोलिपल्ट सोमबार कांग्रेसले आयोगमा दल दर्ता गराएको हो।
उता नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता भने गरेको छैन। तर एमाले राष्ट्रियसभाको निर्वाचनका लागि दर्ता भइसकेको छ। एमालेले भदौ २७ गते भएको संसद् विघटन असंवैधानिक भएको भन्दै प्रतिनिधिसभा पुनःस्थापनाको लागि हस्ताक्षर संकलन गरेको छ। एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर न्यायिक प्रक्रियामा पनि जाने निर्णय गरेको छ।



कागजपत्र |
