खाँदबारी जाँदै गरेको माइक्रो धनकुटामा दुर्घटना, १ को मृत्यु, १६ जना घाइते


धनकुटा -धनकुटाको पाख्रिबासमा माइक्रो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छ्न् ।

काठमाडौंबाट खाँदबारीतर्फ जाँदै गरेको माइक्रो बस शुक्रबार बिहान दुर्घटना हुँदा १ जना वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक संखुवासभा सभापोखरी गाउँपालिका-२ की ८२ वर्षीया सावित्री कालाखेती छन् ।

घाइतेहरूको धनकुटा अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारण पत्ता नलागेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया