बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का, क्षतिको विवरण आउन बाँकी


काठमाडौं – बंगलादेशमा भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ ।

स्थानीय समय अनुसार आज बिहान १० बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड मापन भएको छ ।

भूकम्पको धक्का भारतको कलकत्तासम्म महसुस भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भूकम्पको क्षतिको विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया