
केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् ।
आज दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्नेगरी उनले बैठक बोलाएका हुन् ।
शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएको गृहमन्त्रालयले जनाएको छ ।
बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतलाई बोलाइएको छ ।



कागजपत्र |
