युएईले नेपालीका लागि भिजिट भिसा पुनः खोल्यो


काठमाडौं-  संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाली नागरिकका लागि बन्द गरेको भिजिट भिसा पुनः खोल्ने निर्णय गरेको छ। जेनजी आन्दोलनयता युएईले नेपालीहरूलाई भ्रमण वा घुम्न जाने भिसा दिन रोक लगाएको थियो।

यसअघि युएईले यस रोकको औपचारिक कारण खुलाएको थिएन। तर, भदौमा भएको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीबन्दी युएई जान सक्ने सम्भावना रहेको भन्दै रोक लगाइएको बताइएको थियो। आन्दोलनपछि युएईले कामदार भिसामा पनि कडाइ गरेको थियो र नयाँ भिसा जारीमा रोक लगाएको थियो।

म्यानपावर व्यवसायीका अनुसार भिसा लागिसकेका व्यक्तिहरूलाई पनि पुलिस रिपोर्ट मागिएको थियो।

युएईमा ठूलो संख्यामा नेपालीहरू भिजिट भिसामा यात्रा गर्दै आएका छन्। यस मुलुकलाई ट्रान्जिट माध्यम बनाएर अन्य मुलुक जाने नेपालीहरूको संख्या पनि धेरै रहेको छ।

 

प्रतिक्रिया