एमालेले २९ कात्तिकमा देशव्यापी जनप्रदर्शन गर्ने


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले २९ कात्तिकमा ७७ वटै जिल्लामा एकसाथ जनप्रदर्शन गर्ने घोषणा गरेको छ। केन्द्रीय प्रचार तथा प्रशासन विभागका अनुसार सो प्रदर्शन ‘प्रतिगमनको षड्यन्त्रविरुद्ध’ गरिनेछ।

प्रदर्शनमा प्रयोग हुने नारा पनि तय भइसकेको छ, जसमा प्रमुख रूपमा समावेश छन्: ‘प्रतिगामी षड्यन्त्र–मुर्दावाद’, ‘विघाटित प्रतिनिधिसभा पुनर्स्थापना गर’, ‘२३ र २४ को आपराधिक घटनाको निष्पक्ष छानबिन गर’, र ‘तोडफोड, लुटपाट, आगजनीमा संलग्न अपराधीलाई कारबाही गर’।

 

प्रतिक्रिया