नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं- झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार निरौलाले प्रावि तह तृतीय श्रेणी शिक्षकको नियुक्ति लिन भारतको बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट उत्तिर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरेका थिए। उक्त झुठा शैक्षिक योग्यताको आधारमा उनी तलब, भत्ता, ओहोदा र अन्य सरकारी सुविधा प्राप्त गर्दै आएका थिए।

अख्तियारले नक्कली प्रमाणपत्र पेश गरी सरकारी सेवा सुविधा हानी गरेको भन्दै निरौलालाई कैद र जरिवाना माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया