कोशी प्रदेशसभाको सचिवमा खड्का नियुक्त


विराटनगर- लामो समयदेखि रिक्त रहेको कोशी प्रदेशसभाको सचिव पदमा सुदर्शन खड्का नियुक्त भएका छन् । संघीय संसद‍् सचिवालयका सचिव रहिसकेका खड्कालाई सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बुधबार नियुक्त गरेका हुन् ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरज ढकालका अनुसार सभामुखको सिफारिसमा पत्र लिएर प्रदेश प्रमुखको कार्यालय पुगेका खड्कालाई नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख खापुङले नियुक्त गरेका हुन् ।

यसअघि तत्कालीन सचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि ९ महिनादेखि प्रदेशसभा सचिवालय नेतृत्वविहीन थियो ।ए ।

प्रतिक्रिया