
गृहमन्त्रीलाई सुदन गुरुङको प्रश्न– महेश बस्नेत किन पक्राउ नपरेको ?
काठमाडौं- ‘हामी नेपाल’ का संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृह मन्त्रालयको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । समाजिक सञ्जालमार्फत उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई एमाले नेता महेश बस्नेतविरुद्ध किन कदम नचलाइएको भन्दै खुला प्रश्न गरेका हुन् ।
तीन दिनअघि पक्राउ परेका निकोलस भुसालमात्रै कारबाहीको दायरामा परेको भन्दै गुरुङले महेश बस्नेतलाई अहिलेसम्म पक्राउ नगर्नु दण्डहीनता जस्तो भएको आरोप लगाएका छन्।
गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, “निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ? अनि किन निकोलस मात्रै पक्राउ परे ? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनुभएको हो ?”
उनले अघि भने, “बन्द कोठामा प्रश्न गर्न थाकिसकेको अवस्था हो यो। लाग्छ, आन्दोलन हार्दैछ।”



कागजपत्र |
